बुद्ध प्रतिमाको लक्षण तथा व्यञ्जन
लेखकः तेजेश मान शाक्य
कुनै पनि प्रतिमाको
लक्षण भनेको त्यस प्रतिमामा उतारिएको विषयवस्तुको चरित्र तथा रुप-विशेषता हो भने व्यञ्जन
भनेको विषयवस्तु अनुसार प्रतिमामा उतारिएको चरित्र तथा रुपको प्रतीकात्मक अभिव्यक्ति
हो । प्रतिमा लक्षण र व्यञ्जन प्रतिमाशास्त्र विधाको
अभिन्न अंशको रुपमा रहेकोले सर्वप्रथम प्रतिमाशास्त्रको परिभाषा बुझ्नु अति जरुरी हुन्छ
।
कुनै पनि प्रतिमा
वा प्रतिरुप वा प्रतिक[ति बारे अध्ययन गरी त्यस बारे वर्णन गरी लेख्ने
शास्त्रिय विज्ञानलाई प्रतिमाशास्त्र भनिन्छ । अंग्रेजीमा
यसलाई आइकोनोग्राफी (Iconography) भनिन्छ, जुन ग्रीक
शब्दहरु "एइकोन" (eikón) र "ग्राफेइन" (gráfein) बाट विकसित भएको हो । "एइकोन" को अर्थ प्रतिरुप हो भने "ग्राफेइन"
को अर्थ लेख्नु हो ।
प्रतिमाशास्त्रमा पहिले रचना भएका
जुनसुकै प्रतिरुपहरुको विविध पक्षहरु जस्तै विषयवस्तुको पहिचान, लक्षण, व्यञ्जन र विधिको
व्याख्या गर्नुका साथै रेखाचित्र (अहिलेको समयमा आएर छविचित्र पनि) प्रस्तुत गरिएको
हुन सक्दछ । प्रतिमाशास्त्र धार्मिक विषयवस्तुहरुका साथै
अन्य विषयवस्तुहरु सङ्ग पनि सम्बन्धित हुन सक्दछ, जस्तै कि बौद्ध धर्ममा आधारित छन्
भने बौद्ध प्रतिमाशास्त्र भनिन्छ भने हिन्दु धर्ममा आधारित छन् भने हिन्दु प्रतिमाशास्त्र
भनिन्छ, त्यस्तै क्रिश्चियन धर्ममा आधारित छन् भने क्रिश्चियन प्रतिमाशास्त्र भनिन्छ
। जुनसुकै धार्मिक विषयवस्तु तथा धर्म भन्दा बाहिरका
विषयवस्तु होस् प्रतिमाशास्त्रलाई ललितकला विधामा र कला इतिहास विधामा मह्त्वपूर्ण
एकाईको रुपमा लिइन्छ ।
यसै क्रममा बुद्ध प्रतिमाको लक्षण र व्यञ्जन
बारे व्याख्या गर्नु अघि समष्टिगत रुपमा बौद्ध प्रतिमाशास्त्रको प[ष्ठभूमी औंल्याउनु पर्ने हुन्छ । बौद्ध धर्ममा आधारित विभिन्न
देवदेवीहरुको मुख्यतः बज्रयान दर्शनसंग सम्बन्धित प्रतिमाको लक्षण र व्यञ्जनहरुको वर्णन
गरिएको प्रतिमाशास्त्र सर्वप्रथमतः मध्यकालमा लिखित “साधनामाला” नै हो जुन हजारौं वर्षसम्म
पनि अप्रकाशित अवस्थामा थियो र २०औं शताब्दीमा आएर यसलाई आधार लिई फ्रान्सेली प्राध्यापक
एल्फ्रेड फुशे (Alfred Foucher) ले उक्त साधनामालाको औपचारिक रुपमा सम्पादन गरी सन् १९०५ मा
प्रथम पट्क फ्रान्सेली भाषामा लिखित पुस्तक “Etudes sur I’ Iconographie Bouddhique de L’ Inde”
भाग – २ मा प्रकाशित गरेका थिए । त्यसैगरी
ने.सं. २८५ उल्लेखित अर्थात १२औं शताब्दीमा नेपालमा लिखित अर्को साधनामालाले १२औं शताब्दीसम्म
विकसित प्रतिमाहरुको लक्षण र व्यञ्जन वर्णन गरेको पाइन्छ तर पछिल्ला कालखण्डमा विकसित
प्रतिमाहरुको वर्णन भने नेपालका लागि ब[टिश रेजिडेन्ट B.
Hodgson का पण्डित अम[तानन्दले लेखिएको
"धर्मकोषसंग्रह"मा भेटिन्छ ।
बौद्ध प्रतिमाशास्त्रको
अर्को मह्त्वपूर्ण श्रोत भनेको तात्कालिन भारतको ११औं र १२औं शताब्दीका पालवंशी राजा
राम पालको समयमा विक्रमशिल विहारका महापण्डित अभयाकर गुप्ताले लेखिएको "निस्पन्नयोगावली"
रहेको छ जसलाई सन् १९४९ मा भारतका बौद्ध प्रतिमाशास्त्रका विव्दान बेनोयतोश भट्टाचार्य (Benoytosh Bhattacharyya) व्दारा सम्पादन गरी प्रकाशित
गरेका थिए ।
बौद्ध धर्मका तीन वटा प्रमुख दर्शनहरु
थेरावाद, महायान र बज्रयान मध्ये महायान दर्शनका त्रिकाय सिद्धान्तहरुलाई आधार लिएर
प्रायः जसो बौद्ध कलाहरु रचना गरिएको भेटाइन्छ । यहॉ त्रिकायको अर्थ
तीन वटा शरीर भन्ने बुझिन्छ, जस अन्तर्गत प्रथमतः धर्मकाय भनेको मानस मुक्त अवस्था
हो र यस अवस्थाको अनुभूतिलाई शून्यता
भनिन्छ । यही शून्यता धर्मकायको मूल सार हो र जसले शून्यता
देख्छ, उसले बुद्धलाई देख्छ ।
धर्मकायको प्रतिकको रुपमा चैत्य
मात्र प्रस्तुत गर्ने चलन रहेको छ र शून्यता दर्शाउन आदी-बुद्धको प्रतिका रुपमा समन्तभद्र र समन्तभद्रीलाई आलिंगन
मुद्रामा प्रतिनिधित्व गराइन्छ ।
धर्मकाय को अनुभव संगै त्यसको ज्ञानको
रूपमा यथाभूत अवस्थाको अनुभूति हुन्छ र मानस पटलभित्रका सम्पूर्ण पर्दाहरू र अवरोधहरूलाई
हटाउँदा त्यसको सर्वोच्च मनले दुई गुणा शरीर उत्पन्न हुन्छ, जसलाई सम्भोगकाय र निर्माणकाय
भनिन्छ । सम्भोगकाय भनेको उत्तम आनन्दको अवस्था हो र यसको
शुद्धता र स्वीकार्यताको बोध केवल बोधिसत्वलाई हुनसक्दछ । बुद्धको यस आनन्दित कायलाई दिशानिर्देश गरी बोधिसत्वहरुले आफूमा
उत्तम ज्ञान प्राप्त गर्दछन् ।
सम्भोगकायको प्रतिकको रुपमा बज्रधरलाई
बज्रहुंकार मुद्रमा बज्र र घण्ट सहित प्रतिनिधित्व गराइन्छ र यही बज्रधरको पञ्च स्कन्धहरु
रुप, वेदना, संज्ञा, संस्कार र विज्ञान दर्शाउन पांच जना तथागत बुद्ध अर्थात पञ्चबुद्धहरु
प्रतिनिधित्व गराइन्छ, जसको साथमा बज्रसत्वलाई पनि सम्भोगकायको प्रतिकको रुपमा प्रतिनिधित्व
गराइन्छ । निर्माणकाय बुद्ध एक असामान्य तथा असंख्य रूप हो अथवा अलौकिक अवस्था र चेतनशिल
व्यवहारको मनोवृत्ति अनुसार परिवर्तित शरीरको अवस्था हो । निर्माणकाय रुप बुद्धको शरीर हो, जसको ३२ प्रमुख लक्षण तथा ८० उप
लक्षण हुन्छन् ।
निर्माणकाय अन्तर्गत शाक्यमुनि
सिद्धार्थ गौतम बुद्ध सहित पहिलेका बुद्धहरु दिपंकर बुद्ध, विपश्वी बुद्ध, सिखि बुद्ध,
विश्वभू बुद्ध, क्रकुच्छ्न्द बुद्ध, कनकमणि बुद्ध र कश्यप बुद्धलाई प्रतिनिधित्व गराइएका
हुन्छन् ।
थेरवादको पालि तिपिटक(संस्कृतमा
त्रिपिटक) अन्तर्गत सुत्त पिटक(संस्कृतमा सूत्र
पिटक)को अन्तिम पांचौ निकाय खुद्दक निकायको बुद्धवंशमा २४ जना वा २८ जना बुद्धहरु उल्लेख
गरेका छन् । त्यस्तै सर्वास्तिवाद अनुसार प्रथम असंख्य कल्पमा ७५०००
जना बुद्धहरु छन् भने दोस्रो असंख्य
कल्पमा ७६००० जना बुद्धहरु छन् र तेस्रो असंख्य कल्पमा ७७००० जना बुद्धहरु छन् ।
नेपालमा सबै भन्दा धेरै रचना हुने
बुद्ध प्रतिमाहरुको अध्ययन गर्ने हो भने शाक्यमुनि बुद्ध र पञ्च बुद्ध अग्र स्थानमा
आँउछ र यी
प्रतिमाहरुका लक्षण तथा
व्यञ्जन संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिएको छ ।
१. शाक्यमुनि बुद्ध:
सुत्त पिटकको
खुद्दक निकायमा उल्लेखित जातक कथा अनुसार नेपालको कपिल्वस्तुमा शाक्य राजकुलमा जन्मिएका
सिद्धार्थ गौतम पूर्वजन्ममा एक बोधिसत्व थिए । सत्ययुग देखि क्रमशः
असंख्य जन्म पार गरेपछि द्वापरयुगको अन्तमा कलियुगको प्रारम्भिक चरणमा मर्त्यलोकमा
आएर बुद्धको रुपमा जन्म लिएका थिए । शाक्यमुनि बुद्धको जीवनीलाई
१२ वटा कर्ममा दर्शाउन सकिन्छ । जस्तै कि १) अकनिषिता देखि तुषिता
अमर्त्यभुवन सम्मको अवरोहण, २) संकल्पना, ३) जन्मपरिग्रह, ४) विनय, ५) परिणीत एवं लीला,
६) परित्याग, ७) तपश्चर्या, ८) बोधिवृक्षमा निर्विष्ट, ९) मार
बिजय, १०) सम्यकसम्बोध, ११) धर्मचक्र परिवृत्ति तथा १२) परिनिर्वाण । अनगिन्ति बुद्धहरु मध्ये
एक शाक्यमुनि बुद्ध जसले वर्तमान युगको प्राणीको निम्ति सम्बोधि ज्ञानको शिक्षा पुनर्जीवित
गरेका थिए ।
समान्यतया
शाक्यमुनि बुद्धलाई उनको ३२ प्रमुख लक्षणहरु तथा ८० उप लक्षणहरु सहित भिक्षुको वस्त्रमा
एक वा दुवै कांध छोपिने गरी प्रतिरुपमा दर्शाएको हुन्छ । जस्तै कि सुनौलो वर्ण सहितको सुकुमार मृगरुपी
शरीर जुन पद्मको माथि बज्रपर्यङ्कासन मुद्रामा प्रस्तुत गरिएको हुन्छ । त्यस्तै बुद्धको अर्धउन्मिलन आंखा, सलक्क परेको सुकोमल नाक, मृदुमुस्कान सहितको ओठ, औषधिको बूटो झैं लामा लामा कान अनि निधारको
बीचमा सेतो घुम्रिएको एउटा उर्णकेश (हल्का चम्किलो किरणको प्रतिक) भएको गाईको झैं लाम्चो
मुहार देखाइएको हुन्छ । साथै बुद्धको शिरमा गाढा निलो अन्जन झैं
घुम्रिएको सुकोमल केश देखाइएको हुन्छ र त्यसमा मथिल्लो अग्लो
भाग उष्णीष पनि हुन्छ जसलाई उनको प्रबुद्ध चरणको प्रतिक मानिन्छ । त्यस्तै बुद्धको लामो सलक्क
परेको हातहरु अनि
पाउहरु पनि देखाइएको
हुन्छ जसको हत्केला
र पैतलामा हजार तिलहरु
भएको दर्शाउन धर्मचक्रलाई
प्रतिकात्मक रुपमा प्रस्तुत गर्ने
गरिन्छ । प्रायःजसो शाक्यमुनि बुद्धको
हस्तमुद्रा तीन प्रकारको प्रस्तुत गरिएको हुन्छ । जस्तै कि १)
ध्यान मुद्रा जसमा आफ्ना दुबै हत्केलाहरु
गोदमा बायां हत्केलाको माथि दायॉ हत्केला राखि माथितिर फर्काइ
दुबै बुढी औंलाहरु एक अर्कलाई छुवाइएको अवस्थामा हुन्छ्न्, जसले प्रतिकात्मक रुपमा
सिद्धार्थ गौतमले बोधिवृक्ष मुनि प्रबुद्ध ज्ञान प्राप्त गर्नलाई
तपस्या बसेको देखाइएको हो । २) भूमिस्पर्श वा भूस्पर्श मुद्रा जसमा दायॉ हत्केला
आफ्नो घुंडातिर फर्काइ माझी औंला द्वारा भूमिमा छोइएको हुन्छ, जसले प्रतिकात्मक रुपमा
धर्तीमातालाई आफ्नो सम्यकसम्बुद्धको अधिकारलाई साक्षी बस्न आग्रह गरिएको हुन्छ । ३) धर्मचक्र प्रवर्तन मुद्रा
जसमा आफ्ना दायॉ हत्केलालाई छाती बाहिर र बायॉ
हत्केलालाई छातीतिर फर्काइ दुबै हत्केलाको बुढी औंला र चोर औंला द्वारा वृत्त बनाइ एक अर्कालाई छोएको अवस्थामा बांकी औंलाहरु फैलाएका हुन्छ्न्,
जसले प्रतिकात्मक रुपमा बुद्धले सर्वप्रथम आफ्ना श्रावकहरुलाई धर्म प्रवर्तन गरिएको
देखाइएको हो ।
बुद्ध प्रतिमा लक्षण र व्यञ्जन बारे
अध्ययन गर्न त्यससंग सम्बन्धित प्रचलित धार्मिक स्तुतिगानका स्तोत्रहरुले पनि महत्व
भूमिका खेल्दछ ।
तसर्थ शाक्यमुनि बुद्धसंग सम्बन्धित
स्तुतिगानका केही स्तोत्रहरुलाई पनि यहाँ प्रस्तुत
गरिएको छ ।
नेपालको बज्रयान बिहारहरुमा स्तुतीगान गर्ने
बुद्ध स्तोत्र
ॐ नमो बुद्धाय नमो धर्माय नमो संघाय
बुद्धं त्रैलोक्य नाथं सुरनरनमितं
पारसंसार तीरं
।
धीरं गंभीर्यवन्तं
सकल गुणनिधिः धर्मराजभिषिक्तं ॥
त[ष्णा मोहन्धकारं कलिकलुषहरं
कामलोभा दिवर्ज ।
तं वन्दे शाक्यसिहं
प्रणमित शिरसा सर्वकालं नमाम्यहम् ॥
ह्रींकारं संभवनाथं
करुणास्निग्ध मानस
।
अमोघपाश नामानं लोकनाथं
नमाम्यहम् ॥
बरदकमले बिशालाक्षेत्रे
त्रैलोक्याधिपतिं प्रभु ।
रक्तवर्ण महाशान्त
श्रीलोकनाथं नमाम्यहम् ॥
नेपालको बौद्ध नवसूत्र ग्रन्थ मध्ये
ललितविस्तरको राहुलभद्रप्रशंसाभिवोधनीपरिवर्तःमा शाक्यमुनि बुद्धका अर्धाङिगनी यशोधराले
पुत्र राहुलभद्रलाई पिताको दर्शन पूर्व रुप वर्णन गरी स्तुतिगान गरेको बेलाको स्तोत्र
यहॉ प्रस्तुत गरिएको छ ।
स्निग्धनीलमृदु कुंचितकेशः सूर्यसुनिर्मल नाभिललाटः ।
युक्ततुंग
मृदुकायसुनाशो रंगज्वाला वृत्त नरसिंह ।१।
अंजनवर्ण
सुनीलसुकेशः काञ्चनपत्रविशुद्धललाटः ।
ओषधिपांनत
शुद्धसुकर्ण एषहि तुह्यपिता नरसिंह ।२।
आयतयुक्त
सुसंचितनाशो गोपमुखो अतिनीलसुनेत्रः ।
इन्द्रधनु
अतिनीलसुनेत्र एषहि तुह्यपिता नरसिंह ।३।
स्निग्धसुगम्भीर
मंजुसुघोषो हिंगुलिवर्ण सुरक्तसुजिह्वा ।
विंशति
विंशति श्वेतसुदन्त एषहि तुह्यपिता नरसिंह ।४।
बर्त्तसुबर्त्तसुसंचितग्रीवः
सिहहनु मृगराज शरीरः ।
काञ्चनसुच्छवि
उत्तमवर्ण एषहि तुह्यपिता नरसिंह ।५।
गच्छति
लीलपथे सुविचित्र स्तारगणापरिवेष्ठित रुपः ।
श्रावकमध्यगतः
श्रीमुनीन्द्र एषहि तुह्यपिता नरसिंह ।६।
चक्रअलंकृत रक्तसुपादौ लक्षणमंडित आयतपार्ष्णिः ।
चामरचक्र
विभूषितपाणि एषहि तुह्यपिता नरसिंह ।७।
शाक्यकुमारवरः
सुकुमारो लक्षणचित्रसुपुण्य शरीरः ।
लोकहितायगतो
नरवीर एषहि तुह्यपिता नरसिंह ।८।
अमर
नदीवर चन्द्रगजेन्द्रो मारपराजय भीमसुवीरः ।
सर्वगुणाकर
लोकविशुद्धो वन्दमि गौतम श्रीमुनीपादौ ।९।
सोहि ग्रन्थको
अर्को स्तोत्र जसमा यशोधराले पुत्र राहुलभद्रलाई पिता शाक्यमुनि गौतम बुद्धको दर्शन
गर्ने आज्ञा प्रदान गर्दा खेरी बुद्धको ३२ लक्षण सहित वर्णन गरेको स्तुतीगान पनि यहॉ प्रस्तुत गरिएको छ ।
एषोहि भवतस्तातो जन्ममृत्यु जरान्तकः ।
सर्वार्थसिद्धनाम्नेति
शाक्यसिंहोʃधुनासुतः ।१।
यस्यछाया मुपाश्रित्यदिव्याति सुन्दरोभ ।
द्वात्रिंशल्लक्षणापन्नं
पितरं दर्शयाʃधुना ।२।
चतुराशीतिसाहश्र स्त्रीणां विहाय निर्मदः ।
तपोवनमगाद्यीसौ वन्दयैनं महर्धिकं ।३।
सप्तरत्नानि राज्यंच माहैश्वर्य्यपदं वरं हित्वा ।
प्रवजितोयोसौ तंदर्शय जगतगुरुं ।४।
मायाख्याया पितामह्यायोजनद् दक्षकुक्षितः ।
लुम्बिन्यामुदयासूर्य्य इवतंपितरं नमः ।५।
अभयाद्या कुलेश्वर्य्यो
यस्यपादांबुजेनमत् ।
त्रैधातुकाधिपंदेवं
पितरं स्वंसदानमः ।६।
विश्वामित्रमुपाध्यायं
योगीजयत्सुसंवरं ।
बालक्रीडाभिरक्तात्मा
तात्मेनं सदानमः ।७।
जम्बुतरुमुपासीनं पञ्चर्षयी
हतंन्विषः ।
निर्मानिनः प्राभजन
मेनंतातं सदाभज ।८।
पितरं बोधयित्वायी
त्याजयन्तत् षडंशिकं ।
दयाकरं जगद्वद्यं जनकं
दर्शयात्मज ।९।
योजयद् देवदत्तादीन्
मानिनः सर्ववित्सुधीः ।
सर्वकलाविदंविज्ञं
सुधियं जनकंभज ।१०।
यात्रायामातुरं जीर्ण
मृतंदृष्ट्वा सुनिर्मितं ।
स्वयंविज्ञोपिप्रछ
सुततातं सदाभज ।११।
कामाग्निनां दहद्यस्य
चित्तं प्रमदवासिनः ।
निरंजनं निर्विकल्पं
जनकं तं सदाभजा ।१२।
कन्ठकाश्वं समारुह्य
छन्दकेन वहिर्ययौ ।
देशान्निशीथे त्रिदशैः
स्तूयमानो मुदाचरत् ।१३।
हयं निवर्तयामास सछ्न्दंयो
तपोवनात् ।
मुकुटाभरणं दत्वा भजैनं
वनचारिणं ।१४।
नैरंजनामुपाश्रित्य
प्राकरोद्यो तपोब्रतं ।
जगतहितार्थे षडवर्ष
तंदर्शय तपःपरं ।१५।
बोधिद्रुम समासीना
जित्वामारं सुदुःसहं ।
प्रालभत् बोधिरत्नं
यो दर्शयैनं तथागतं ।१६।
मृगदावेस्थिताकास्यां
धर्मचक्रंवर्तयन् ।
ब्रम्हादिभिवृंतोयोसौ दर्शयैनं गुरुंसुत ।१७।
२. पञ्च बुद्ध:
बज्रयान दर्शन
अनुसार यो संसार पञ्च स्कन्ध वा तत्व द्वारा रचना भएको मानिन्छ र तिनै पञ्च स्कन्धहरुको
प्रतिकका रुपमा पञ्च बुद्धलाई लिइन्छ । यिनीहरुलाई पञ्च तथागत
वा ध्यानी बुद्ध भनेर पनि चिनिन्छन् र ती पञ्च स्कन्धहरु जसमध्ये "रुप"लाई
वैरोचन बुद्ध, "विज्ञान"लाई अक्षोभ्य बुद्ध, "वेदना"लाई रत्नसंभव,
"संज्ञा"लाई अमिताभ बुद्ध र "संस्कार"लाई अमोघसिद्धि बुद्ध मानिन्छ
। त्यस्तै शून्यको प्रतिरुप एकेश्वरवादी आदीबुद्ध बज्रधरलाई पञ्च
बुद्धको उत्पतिकर्ता मानिन्छ साथै यिनलाई बौद्ध देव-देवीहरूको पाँचवटा कुलका पुर्खाका
रुपमा पनि चिनिन्छ । पञ्च बुद्धको प्रतिमा लक्षण र व्यञ्जन तल दिइएको स्तोत्र तथा विवरणपट अनुसार सरल रुपमा बुझ्न सकिन्छ
।
नेपालको बज्रयान बिहारहरुमा स्तुतीगान गर्ने
पञ्चबुद्ध स्तोत्र
मध्ये वैरोचनं बुद्धो
मध्यसमन्त भद्रक ।
मध्य सिंहासन पद्म
श्वेतवर्ण नमोस्तुते ॥
पूर्वे अक्षोभ्यसंभव
बज्रपाणी महाबल ।
गजवाहन संपूर्ण नीलवर्ण
नमोस्तुते ॥
दक्षिणे रत्नसंभव रत्नपाणी
महातेजा ।
तुरंगवाहन संपूर्ण
पीतवर्ण नमोस्तुते ॥
पश्चिमे अमिताभवं पद्मपाणी
क[पावन्त
।
मयूरवाहन संपूर्ण रक्तवर्ण
नमोस्तुते ॥
उत्तरे अमोघसिद्धि
विश्वपाणी विद्याधर ।
गरुडवाहन संपूर्ण श्यामवर्ण
नमोस्तुते ॥
लोचना मामकी तारा पाण्डराय
नमोस्तुते ॥
बज्रसत्व समाध्यानं
धर्मधातु नमोस्तुते ॥
सन्दर्भ ग्रन्थसूची
पं. बज्राचार्य, दिव्य बज्र, नव
सूत्र ग्रन्थ (नेपाली भाषा अनुवाद), २औं संस्करण, बोधि प्रकाशन केन्द्र, ललितपुर,
२०५६ ।
पं. बज्राचार्य, निष्ठानन्द, ललितविस्तर
सूत्र (नेपालभाषा अनुवाद), युवक बौद्ध प्रकाशन, ललितपुर, २०३५ ।
प्रा.डा. दाहाल, पेशल र उप प्रा. खतिवडा,
सोमप्रसाद, नेपालको कला र वास्तुकला, एम. के. पब्लिशर्स एण्ड डिष्ट्रीब्यूटर्स,
काठमाडौं, २०६० ।
प्रा.डा. क्षेत्री, गणेश र उप प्रा.
रायमाझी, रामचन्द्र, नेपाली कला, वास्तुकला र प्रतिमालक्षण, एशिया पब्लिकेसन्स्,
काठमाडौं, २०६० ।
Bajracharya, Shanti, L.S. (writer), &
Shakya, Tejesh Man (Editor), Akshobhya Buddha and Nimbus with Pancha Buddha,
www.artnepalconnected.blogspot.com,
Lalitpur, 2017
Bhattacharyya, Benoytosh, The Indian
Buddhist Iconography, Reprint, Firma KLM, Calcutta, 1987.
Bodhi, Bhikkhu, The Buddha and His
Message – Past, Present & Future, Revised Booklet Edition, Sukhi Hotu,
Penang, 2001.
Craven, Roy C., Indian Art – A Concise
History, Reprinted, Thames and Hudson, London, 1993.
Gutschow, Niels, The Nepalese Chaitya –
1500 Years of Buddhist Votive Architecture in the Kathmandu Valley, Edition
Axel Menges, Stuttgart/London, 1997.
Mitter, Partha, Indian Art, Oxford
University Press, Oxford, 2001.
Muller, F. Max, Davids, T.W. Rhys &
Beal, Samuel, Buddhism-Humanity’s Oldest Religion of Peace, Lotus Press,
New Delhi, 2007.
Olschak, Blanche Christine & Wangyal,
Geshé Thupten, Mystic art of Ancient Tibet, George Allen & Unwin Ltd., London, 1973.
Pal, Pratapaditya, Art of
Tibet, Los Angeles County Museum of Art, Los Angeles, California, 1983.
Rhie, Marylin M. & Thurman,
Robert A.F., The Sacred art of Tibet, Thames and Hudson, London, 1991.
Ridley, Michael, Buddhism,
Ratna Pustak Bhandar, Kathmandu, 1980.
Shakya, Min Bahdur, Sacred
Art of Nepal, Handicraft Association of Nepal, Kathmandu, 2000.
Shakya, Min Bahadur, The
Iconography of Nepalese Buddhism, Handicraft Association of Nepal,
Kathmandu, 1994.
Shakya, Tejesh Man, Art and
Architecture of Nepal, www.sculpttejesh.blogspot.com.,
Lalitpur, 2009
Shakya, Tejesh Man, Handouts
for South Asian Art Studies I, II & III (Unpublished), Kathmandu
University, Centre for Art and Design, Kathmandu, 2007-2016.
Slusser, Mary S., Patan
Museum Guide, Updated edition, Patan Museum, Lalitpur, 2013.