श्रद्धालु दाताहरुको कीर्ति

लेखक स्व. पं. हेमराज शाक्य

      
ने.सं. ३०५ सालमा हस्तलिखित रुद्रवर्ण महाविहार उकुबाहाःको अष्टसहस्रिका प्रज्ञापारमिता ग्रन्थ  
    


शिवदेव राजाको समसामयिक कालमा निर्माण भएका कीर्ति स्थिति तथा श्रद्धालु दाताहरुको श्रद्धाका उपहार स्वरुप वस्तु, सफु, पौभाः मूर्ति आदि संघ सामाग्री विभिन्न कारणवश कति त पुराना भई जीर्ण भइगयो। कति त आशा राग लोभले गर्दा लोप भइदियो। कति असावधानीका कारण हिनामिना भई हराएको हुन सक्छ। यी धार्मिक एव सांस्कृतिक कलात्मक वस्तु बुद्ध शासनिक चिन्ह शुभ प्रतिकहरु समय परिवर्तनले गर्दा हजारौं वर्ष अघिका पुराना अवशेषहरु लोप भएर गए, दर्शन दुर्लभ भई समय प्रवाहमा परिणत भएर गए।
रुद्रदेव राजाको पालाको पनि धेरै जसो ह्रास हुँदै, लोप हुँदै आज हाम्रो सामु देख्न, हेर्न नपाउँदै गए भन्नु पर्यो। अब आएर जति पनि बाँकी रहेका, देखी आईरहेका सुरक्षित वस्तुको संस्मरण स्वरुप विभिन्न अभिलेखको प्रमाण अनुसार यहाँ प्रस्तुत गर्दैछु
·         यस विहारको प्रमुख देवता क्वाचपाल देवताको कोठामा विराजमान भइरहेका शिवदेव राजाद्वारा प्रतिष्ठा गरिगएको मूल क्वाचपाल देवता, भूमिस्पर्श मुद्रामा बज्रासनमा आसिन शान्तिनायक महाकारुणिक श्रीसम्यक सम्बुद्ध शाक्यमुनि तथागत हो।
·         यहाँ बुद्धोपदेशित ८४००० धर्मस्कन्धको सारभूत दर्शन ज्ञान शून्यता, तथता, भूतकोटी पारमिता शास्त्रले पार भएका प्रभाश्वर धर्मकाय धर्मधातु बज्रभूमि पर्यन्त समुत्तीर्ण हुने शिक्षा उपदेशद्वारा भरिपूर्ण मार्गफल प्राप्तिका निम्ति क्रमबद्ध रुपले अभ्यास गरिंदै जाने सद्धर्मग्रन्थ प्रज्ञापारमिता ग्रन्थ यसै क्वापाःआजुको स्थानमा विद्यमान भइरहेको छ। यस ग्रन्थ नीलपत्रमा स्वर्णमसीले रञ्जना लिपि प्रयोग गरी लेखिएको राजा गुणकामदेवको पर्यायमा ने.सं. ३०५ सालमा तयार गरिएको हो। यस अष्टसहस्रिका प्रज्ञापारमिता तथा हिरण्यवर्ण महाविहार क्वाःबाहाःको अष्टसहस्रिका प्रज्ञापारमिता भन्दा पनि पुरानो हो। यसको जेष्ठानुक्रम यस प्रकार रहेको छ –

क) रुद्रवर्ण महाविहार उकुबाहाःको स्वर्ण ग्रन्थ राजा गुणकामदेवको पर्याय ने.सं. ३०५ सालमा लेखिएको।
ख) विक्रमशील महाविहार थँबहीको स्वर्ण ग्रन्थ राजा अभय मल्लको समयमा ने.सं. ३४४ सालमा पं. जिनश्रीज्ञानज्युद्वारा लेखिएको।
ग) हिरण्यवर्ण महाविहार क्वाःबाहाको स्वर्ण ग्रन्थ राजा अभय मल्लको पर्यायमा ने.सं. ३४५ सालमा भिक्षु आनन्दद्वारा लेखिएको।

घ) बोधिमण्डप महाविहार, पाटन महाबुद्धको स्वर्ण ग्रन्थ राजा भूपालेन्द्र मल्लको समयमा ने.सं. ८१७ सालमा बज्राचार्य रविपतिदेवज्युद्वारा लेखिएको।

स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-९ बाट प्रस्तुत गरिएको।

निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति

व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति 

अनुवादकः तेजेश मान शाक्य

छवीचित्रः तेजेश मान शाक्य

 प्रकाशक






रुद्रवर्ण महाविहार, ओकुबहाल, 
ललितपुर महानगरपालिका - ६ 
प्रदेश ३, नेपाल। 
फोन नं. ५५४८९६१  

© सर्वाधिकार प्रकाशकमा सुरक्षित 

अनलाईन ब्लग प्रकाशन सहयोग







Popular Posts