कोजाग्रत पूर्णिमाका दिन यःसिँ ठड्याउने परम्परा
परिचय यःसिँ भनेको काठको ठाडो स्तम्भ वा खम्बा हो जुन दशैंको अन्तिम दिन असोज महिनाको शुक्ल पक्षको कोजाग्रत पूर्णिमा (कौलाथ्व पुन्हि) को दिन नेपालका आदिबासी समुदाय नेपाःमी (विशेषतः नेपाल मण्डल अर्थात् हालको काठमाडौं उपत्यकाका रैथाने) ले विभिन्न ठाउँमा ठड्याउने गर्दछन्। “ यःसिँ” भन्ने शब्द नेपाल भाषाबाट चलनचल्तीमा आएको हो र यो नेपालका आदिबासीहरुको संस्कृति र परम्परासंग सम्बन्धित छ। “ यःसिँ”को तार्किक अर्थ “ यम–स्तम्भ” अर्थात् यम जो मृत्युका देवता हुन् र सिँ अर्थात् काठको स्तम्भ वा खम्बा भन्ने अर्थ जनाउँछ। साधारणतयाः यो काठको स्तम्भ १२ हात (करीब १६ फिट) उचाईको लामो सिधा हुन्छ जसमा रातो माटो र कमेरोले धर्का-धर्का पोतेको हुन्छ। यसको माथि टप्पोमा पित्तलको छत्र हुन्छ भने उक्त छत्रमा ध्वजावस्त्र पनि बाँधिएको हुन्छ। साथै यस स्तम्भको मध्य भागमा काठको चौकसभित्र पोलेको माटोको भाँडो, पूर्व दिशातर्फ मुख फर्काइएको अवस्थामा, त्यसभित्र पोलेको माटो वा पित्तलको आलुमत (आलु जस्तो आकारको तेल बत्ती) राखिएको हुन्छ। किन ठड्याइन्छ यःसिँ ? यःसिँ ठड्याउने संस्कारको गहिरो धार्मिक , सांस्कृतिक र प्रतिकात्मक अर्थ ...