बौद्ध विहारमा आर्यसंघको अर्थ तथा कार्य
लेखक स्व. पं. हेमराज शाक्य
नेपालमा नेवाः बौद्ध विहारको महत्वको विषयलाई लिएर केही कुरा उल्लेख भइसकेको छ। अब यहाँ बौद्ध विहारको आर्य संघ, बौद्ध संघको स्थान के हो
भन्ने विषयलाई लिएर केही प्रसंग प्रस्तुत गरिएको छ।
सर्वसत्व हितार्थ बुद्ध शासन हेतु
सर्वसत्व प्राणीहरुको हित, सुख र शान्तिका निम्ति बुद्ध शासन स्थापना भएको हो। यही
बुद्ध शासनका संस्थापक एवं प्रवर्तक तथागत सम्यक बुद्ध हो। यिनै सम्यक बुद्धद्वारा आज्ञा
भएको सद्धर्म सम्यक धर्म हो। यही सम्यक धर्म (बुद्ध शासन)लाई अभिबृद्धि गरी संरक्षण गरी राख्नेहरु आर्य संघ हुन्। यदि यस लोकमा बुद्ध अवतरित नभएको भए
सद्धर्म थाहा हुँदैनथ्यो। यदि त्यस सद्धर्मलाई चिरस्थायी राख्न आवश्यक नभएको भए
आर्य संघको प्रयोजन हुँदैनथ्यो। खासगरी आर्य संघद्वारा आफ्नो कर्तव्य र अधिकार नठानी
सद्धर्मरुपी बुद्ध शासनको रक्षा नगरिएको भए हामीले बुद्धलाई कसरी चिन्न सक्थ्यौं?
आखिर यही “बुद्धधर्मस्तथा संघ एकोपि कल्पना त्रयः” भने जस्तै एकको तीन र त्यही तीनको एक भइरहेको हो। अतः हाम्रो बौद्ध
संस्कृति, बौद्ध पद्धतिले यसो भनेका छन् –
सर्वबुद्ध नमस्यामि धर्मञ्च जिनभाषितं।
संघञ्च शीलसम्पन्नं रत्नत्रयं नमोस्तुते।।
श्री रुद्रवर्ण महाविहार आर्य संघका संरक्षणकर्ता श्रद्धेय दशपारमिता आजुहरु |
नेपालको यस बौद्ध
परम्परानुसार बौद्ध विहार प्रतिष्ठा गर्दा खेरी थेरावादीहरुको झैं केवल बुद्ध
मूर्ति स्थापना नगरी बुद्धको दायाँ-बायाँ धर्म
श्री प्रज्ञापारमिता, संघ श्री
आर्यावलोकितेश्वर पनि स्थापना गर्ने चलन छ। यी त्रिरत्न मूर्ति बुद्ध, धर्म, संघ
राखिएकाहरुमा प्रायःजसो धर्म बुद्धको दायाँतिर
तथा संघ बुद्धको बायाँतिर राखिएका हुन्छन्। कहींकतै संघ दायाँतिर तथा धर्म
बायाँतिर राखिएको पनि पाइन्छ। यसरी
राख्नुको पनि आफ्नै कारण छन् तर त्यो कुनै भूलवश् नभई जहाँ जहाँ महायान प्रधानता
हुन्छन् त्यहाँ धर्म श्री प्रज्ञापारमिता बुद्धको दायाँतिर राखिएको हुन्छ भने जहाँ श्रावकयान
महत्वपूर्ण हुन्छन् त्यहाँ श्री आर्यावलोकितेश्वर बुद्धको दायाँतिर राखिएको हुन्छ। कहींकतै मञ्जुश्री, बज्रपाणी पनि राखिएका हुन्छन्। यसको मतलव यो हो कि यहाँ
श्रावकयान, महायान मात्र होइन, बज्रयान तथा तन्त्रयान पनि उत्तिकै महत्वपूर्ण छन्
भन्ने अर्थ लाग्छ।
हुनत आर्यमञ्जुश्री मूलकल्प सूत्रको प्रमाण अनुसार बुद्धद्वारा सर्वप्रथम प्रारम्भिक शिक्षा श्रावकयानीहरुलाई ऋषिपतन, मृगदावनमा धर्मचक्र प्रवर्तन गरी दिनु भएको थियो। यसको तेह्र वर्ष पछि बुद्ध बोधियान, पारमितायान भनिए पनि महायानिक बोधिसत्वहरुलाई माध्यमिक शिक्षाको विषय लिई राजगृह, गृहकूट पर्वतमा प्रस्थान गरी परमार्थ सत्य, शून्यताको धर्मचक्र प्रवर्तन गर्नु भयो। त्यस्तै महायान धर्मचक्र प्रवर्तन गरी तीन वर्ष पछि धान्यकटक नगरको श्रीपर्वतमा विराजमान भई उच्च शिक्षा योगयोगिनी विद्याधर विद्याधरीहरुलाई बज्रयानको धर्मचक्र प्रवर्तन गरी दिनु भयो।
हुनत आर्यमञ्जुश्री मूलकल्प सूत्रको प्रमाण अनुसार बुद्धद्वारा सर्वप्रथम प्रारम्भिक शिक्षा श्रावकयानीहरुलाई ऋषिपतन, मृगदावनमा धर्मचक्र प्रवर्तन गरी दिनु भएको थियो। यसको तेह्र वर्ष पछि बुद्ध बोधियान, पारमितायान भनिए पनि महायानिक बोधिसत्वहरुलाई माध्यमिक शिक्षाको विषय लिई राजगृह, गृहकूट पर्वतमा प्रस्थान गरी परमार्थ सत्य, शून्यताको धर्मचक्र प्रवर्तन गर्नु भयो। त्यस्तै महायान धर्मचक्र प्रवर्तन गरी तीन वर्ष पछि धान्यकटक नगरको श्रीपर्वतमा विराजमान भई उच्च शिक्षा योगयोगिनी विद्याधर विद्याधरीहरुलाई बज्रयानको धर्मचक्र प्रवर्तन गरी दिनु भयो।
यही आदर्श अनुरुप नेपालको प्रत्येक बौद्ध
विहारमा प्रतिस्थापित श्रीक्वाचपाल देवता बुद्ध भगवानको ठीक माथिल्लो तल्ला पट्टीको मूल आगँ दिगीमा श्री हेरुक चक्रसंबर गुह्यदेवताहरु स्थापना गरी
बज्रयानिक पद्धति अनुसार महामण्डल दर्शन प्रदान गरी चतुर्द्शाभिषेक कर्म साक्षात्कार
गरी दीक्षा प्रदान गर्दै आएको देखिन्छ।
यही परम्परानुसार सम्यकको दानपतिहरुद्वारा
ठाउँ ठाउँको विहारहरुमा प्रतिस्थापित सम्यक निमन्त्रणाहरु सबैमा यो भनिएको छ कि
आर्य संघको नाममा केवल श्रावक संघ मात्र होइन, बज्राचार्य, शाक्यभिक्षु,
व्रम्हचर्यभिक्षु, श्रामणेरक, चैलक एवं भिक्षु-भिक्षुणी, उपासक-उपासिका तथा
बोधिसत्व एवं अर्हत सहितको नाम उल्लेख गरिएका छन्।
एवं रुपले सम्यक संचालन गर्दै आएका
श्रद्धालु दानपतिहरुले उदार भाव प्रकट गरी यही सम्यकलाई विभिन्न समयमा विभिन्न
नामद्वारा सम्बोधन गर्दै आइएको प्रमाण स्वरुप दुई-चारवटा उदाहरण यहाँ प्रस्तुत
गर्दछ-
१)
|
संघस्य भक्तार्थ पूजार्थञ्च महामुने
|
४-५औं शताब्दी
|
२)
|
भिक्षुभोज्य सत्रकृतं
|
६औं शताब्दी
|
३)
|
चातुर्विश महायान प्रतिपन्नार्यभिक्षुणी संघस्य
|
६औं शताब्दी
|
४)
|
चतुर्दिशार्यसंघ भिक्षु संघायास्माभि
|
६औं शताब्दी
|
५)
|
महासांघिक भिक्षुसंघस्य
|
७औं शताब्दी
|
६)
|
नेपालमण्डल स्वलंकरणाय सम्यक्
|
ने.सं. १३५
|
७)
|
महादिशासंघ
|
ने.सं. ५९९
|
८)
|
आर्यसंघस्त पात्रापुरण चतनजापो दोहरपा
|
ने.सं. ६२४
|
९)
|
आर्यसंघभ्यो भक्तदान
|
ने.सं. ६२९
|
१०)
|
सर्वसंघ पिण्डपात्र उपढोषित
|
ने.सं. ६४५
|
११)
|
आर्यसंघ पिण्डपात्रदान
|
ने.सं. ६५४
|
१२)
|
दिशासंघ महाभोज्य
|
ने.सं. ६६७
|
१३)
|
रत्नत्रय दिशासंघ
|
ने.सं. ७३१
|
१४)
|
दीपङ्कर प्रमुख सर्वसंघ भोज्य
|
ने.सं. ७५०
|
१५)
|
संघ भोजन
|
ने.सं. ७७३
|
१६)
|
पिण्डपात्र दान
|
ने.सं. ७८७
|
१७)
|
सम्यकसंघ भोज्यदान
|
ने.सं. ८३९
|
१८)
|
सम्यक भोजन
|
ने.सं. ८५१
|
१९)
|
सुविशुद्धआर्य सम्यक भोजन
|
ने.सं. १०८८
|
२०)
|
सम्यक धर्म
|
ने.सं. १०९९
|
उपर्युक्त अभिलेखको आशयले यो स्पष्ट हुन्छ
कि सम्यक, नराँ, पञ्जराँ आयोजना हुँदा खेरी दानपतिहरुको मनोवाञ्छानुसार उपस्थित
हुने महुभावहरु अथवा दान ग्रहण गर्न अगाडि विराजमान हुने त्यही आर्यसंघ भिक्षुहरु
हुन्। वहाँहरुलाई किन आर्य संघ भनियो भन्ने विषयमा पनि यहाँ विचार गर्नु उपयुक्त
होला।
आर्यः आदि मध्य
अन्त्यमा कल्याण हुने परिपूर्ण परिशुद्ध आचार विचार भएका, केही पनि दोष लगाउने
ठाउँ नभएका, स्वच्छ निर्मल र पवित्र भएका, कुनै पनि दृष्टिकोणबाट अनार्य दोषद्वारा
अलिप्त स्वभाव भएका एवं विशुद्ध स्वभाव भएकाहरुलाई आर्य भनिएको हो।
संघः सवल
देमनुष्यहरु मध्ये सर्वश्रेष्ठ भई शास्ता तथागतको सद्धर्मामृत उपदेशद्वारा
अनुशासित भएका, बुद्धशासनलाई विशुद्ध रुपले संरक्षण गरिरहेकाहरुको एउटा समूहलाई नै
संघ भनिन्छ।
भिक्षुः यही संघका
संस्थापक शान्तिनायक भगवान बुद्धलाई परम श्रद्धा राखी सद्धर्म प्रति अटल विश्वास
सहित विनय अनुसारको आचरण देखाई त्रिशरण शिक्षापद ग्रहण गरी लोक हितार्थ एकै ठाउँमा
नबसी सम्यक धर्म प्रचार गरी दायकहरुद्वारा प्रदान गरेको भोजनमा संतोष भई हरेक
पाईलामा अनित्य दुःख अनात्मस स्मृति संप्रजन्य राख्नेहरु भिक्षु हुन्।
यिनै भिक्षु-भिक्षुणीहरुको काम कर्तव्य के हो भन्ने विषयमा धर्मशास्त्रको वचन यस प्रकार छन्[1]-
श्री रुद्रवर्ण महाविहारको आर्य संघमा प्रवेश गर्ने क्रममा चुडाकर्म गरिएका बालक भिक्षुहरु |
यिनै भिक्षु-भिक्षुणीहरुको काम कर्तव्य के हो भन्ने विषयमा धर्मशास्त्रको वचन यस प्रकार छन्[1]-
सर्वासु
शास्त्रविद्यासु प्रजायाश्च प्रपूरकाः।
धर्म दद्युर्ये
सर्वेभ्यः प्रज्ञापारमिता वृताः।।
षडर्भिरित्यादिभिः
पारेः सत्वस्य परिपूरकाः।
उपदेशञ्च ये
दद्युः भिक्षुभावं पदं लभेत्।।
सोपानं
स्वर्गमार्गाणां धर्माणां भाण्डमेव च।
छत्रञ्च
तापदग्धानां बोधिराजमिव स्थितं।।
सर्वेषां
पापिनां मार्गे बोधिवृक्षमिव स्थितम्।
इदृशं
गुणसम्पन्नं भिक्षुभावं पदं वरम्।।
निश्चयं ये
प्रकुर्वन्ति भविष्यन्ति जिनात्मजाः।
नेपालको इतिहास अध्ययन गर्दा यहाँका बौद्ध
भिक्षुहरु केवल शील नियम एउटालाई ध्यानमा राखी उपदेशक भई सन्तोष मानी बसेका
होईनन्। परन्तु बौद्ध धर्म, बौद्ध कला, बौद्ध संस्कृति एवं बौद्ध दर्शन आदिको पनि
संरक्षण तथा सम्बर्द्धन गरी बोधिसत्वको आदर्शलाई लिई नेपालको बुद्ध धर्ममा ठू-ठूला
योगदान गरिएको पनि देखिन्छ। त्यसमाथि पनि यहाँका बौद्धाचार्य भिक्षु बुद्धभद्रजु
प्रसिद्ध चीनिया यात्री फाहियानसंगै चीन देश गई बुद्ध धर्म प्रचार गरे। त्यस्तै
राजकुमारी भृकुटीसंगै आचार्य शीलमञ्जु ल्हासा देशमा गई सँदेशको आदर्श ग्रन्थ काङग्युर
तञ्जुर अनुवाद गरिएकाले धेरै नै सहयोग मिल्यो। साथसाथै लक्ष्मीश्री, शान्तिभद्र, अन्नतश्री एवं संघश्री, पुण्यमती,
भारो-महापण्डित, श्रीकीर्ति आदिको नाम पनि उल्लेख गरिएका छन्। एवंक्रमले नालन्दा
विश्वविद्यालयको मूलद्वारको पण्डित रत्नाकर साथै त्यहाँका अध्यापक वागीश्वरकीर्ति,
त्यस्तै विक्रमशील विद्यापीठका द्वारपण्डित कनकश्री पनि रहेका छन्। त्यस ताका
श्रीस्वयम्भू पर्वतमा अवस्थित श्री शान्तिकर महाविद्यालयको नाम पनि उत्तिकै
प्रसिद्ध छन्। यहाँका प्राचार्यहरु हुन् – गुरु रत्नरक्षित्, गुरु रवीन्द्रदेव,
महापण्डित, शाक्यभिक्षु बुद्धाङकुरपाद आदि हुन्। यस महाविद्यालयमा ल्हासा, भूटान,
सिक्किम तथा काश्मिरबाट विद्याध्ययनका लागि आउँथ्यो[2]।
त्यस ताका यहाँ बुद्ध धर्म उद्धार संघको
रुपमा ख्याति प्राप्त संघ-संस्थाहरु पनि थिए। उदाहरणका लागि दुई-चारवटा
नाम यहाँ प्रस्तुत गरिएको छ।
१)
पाटनको चपःटोलको
बुद्धमूर्ति पादपीठ लेखमा “चातुविंश महायानिक संघ”को नाम उल्लेख गरिएको पाइन्छ।
२)
थँबहीको स्वर्ण
मसीद्वारा लिखित प्रज्ञापारमिता ग्रन्थमा “परम गुणालङकृत ज्ञानसंघ”को नाम उल्लेखित छन्।
३)
पाटनकै श्रीवत्स
महाविहारको ने.सं. ५०९ मा लेखिएको पंचरक्षा ग्रन्थमा “परमसौगात संघ” नाम उल्लेख गरिएको छ।
४)
स्वयम्भू स्थित “शान्तिकर विद्यापीठ”को
नाम पनि त्यत्ति नै प्रसिद्ध छन्।
पाटनको चपःटोलको शिलालेखमा जुन चातुविंश महायानको नाम उल्लेखित छन्, त्यस्तै
चौबीस किसिमका महायानको शाखा-उपशाखा के-के हुन् तिनीहरुका नाम अहिले सम्म पनि
भेटाउन सकेको छैन। यो कुरा अनुसन्धानको गर्भभित्रै लुकेको छ भन्दा अतियुक्त नहोला।
तर मेरो यस अनुसन्धान अनुसार पन्ध्रौं शताब्दीतिर लेखिएको वैश्रवर्ण
महाविहारका शाक्यभिक्षुको संग्रहमा श्री उष्णीष बिजय धर्मपारंगत नाम रहेको चैत्यको
पौभामा उल्लेखित आठ किसिमको मात्र नाम भेटाइयो। जुन यस प्रकार छन्-
१)
संक्षिप्त
महायान
२)
मध्य महायान
३)
महा महायान
४)
महापारंगत
महायान
५)
महाध्यानपारंगत
महायान
६)
महायोगपारंगत
महायान
७)
सुविशुद्धधर्मपारंगत
महायान
८)
अनुत्तरवज्रोपम
महायान
यी महायानलाई विभिन्न ग्रन्थमा कार्यकारण भेदले अनेक नाम लेखिएको
पाइन्छ। साथै आधुनिक विद्वानहरुले पनि आफ्नो अनुभवले देखिएनुसार नयाँ-नयाँ नाम पनि
जोडिएको पाइन्छ। ती नामहरु प्रसंगवश यहाँ प्रस्तुत गरिएका छन्-
१)
बोधिसत्वयान
२)
पारमितायान
३)
बुद्धबोधियान
४)
महायान
५)
सत्वहितयान
६)
वैपुल्यवादयान
७)
लोकोत्तरवादयान
८)
परार्थसम्पादनब्रतयान
९)
भावीबुद्धयान
१०) बोधिचित्तोत्पादयान
११) नैरात्म्यवादयान
१२) प्रज्ञायान
१३) संसारनिर्वाण एकत्वयान
१४) उदारजनतन्त्रात्मकयान
यस किसिमले बुद्ध धर्म अन्तर्गत समय-समयमा विविध कारण तथा सिद्धान्तवश अनेक निकाय, यान, सम्प्रदाय भेद भएको देखिन्छ। जति
नै शाखा-उपशाखाहरु भएपनि अन्ततः त्यही त्रिरत्न – बुद्ध धर्म संघलाई नै चिन्ने
मूलभूत कारण हुन आउँछ। जति पनि त्रिरत्नको उपासना गरी साधनचर्यामा अनुगमन भई आएका
श्रावक, महायान, बज्रयान शासनमा रही कार्य गर्दै आएका सम्पूर्णलाई पनि आखिर
समष्टिगत रुपमा “बौद्ध
संघ” मात्रै भनिनेछ।
जुन
बौद्ध संघहरु सबै एक ठाउँमा भेला भई एउटै उद्देश्यका लागि कार्य भइरहने समारोहलाई
नै नेपालको यस परम्परा अनुसार – बौद्धसंघयान – बौद्ध सम्मेलन हुने बुद्धधर्म
उद्धारसंघ – गुठीलाई नै “सम्यक”
भनिने नामले प्रसिद्ध भएको हो। यस सम्यकमा उपस्थित हुने आर्यसंघ, जिनसंघ,
बौद्धसंघलाई “वंद्यजु”
भन्ने गरिएको पाइन्छ। नेपालको बौद्धसंघलाई शाक्य, बज्राचार्य, श्रामणेरक, चैलक,
ब्रम्हचर्यभिक्षु आदिलाई वंद्यजु नामले सम्बोधन गर्ने चलन इतिहासको दृष्टिकोण
अनुसार राजा जयस्थिति मल्लको पालादेखि शुरु भएको पाइन्छ।
जस्तै
कि राजा जयस्थिति मल्लले भारत तथा नेपालका विद्वानहरुलाई बोलाई ६४ प्रकारका कार्य
गर्ने गृहस्थिहरुलाई एक ठाउँमा राखी शाक्यभिक्षु, श्रामणेरक, चैलक, ब्रम्हचर्यभिक्षु
एवं बज्राचार्यहरुलाई सन्यासीका रुपमा अरु जातिको रीतिरिवाजमा बस्न नपर्ने विभिन्न
जात भन्दा माथिका भनी अलग्गै मान्यता दिई राखे। यिनीहरु आर्यहरु जस्तै
आचार-विचारले शुद्ध भनी सम्पूर्ण लोकद्वारा आदर सत्कार गरिराखिएका कारण वंद्यजु
भनी बचन राख्न थाले। वंद्यको अर्थ वन्दना अथवा नमस्कार गर्न योग्य हो। जस्तै कि
सिंहलद्वीप लङ्कामा हान्दारु, बर्मामा पुङिग तथा सँदेश ल्हासामा लामा अनि त्यस्तै
नेपालमा “वंद्यजु”
भनी आदर सत्कार गरी आएको हो। यही वंद्यजु शब्द अपभ्रंश भई बदे अथवा बरे हुन गयो।
यही शब्दलाई खस भाषामा “बाँडा”
भनिएको हो। जस्तै कि पञ्चसूत्रकाः (पञ्चसूत्र धागो) लाई पसूकाः भनिए झैं हुन गएको हो।
यसप्रकार
वंद्यजु शाक्यभिक्षुहरुलाई आदर सत्कार राखी आएको ज्वलन्त प्रमाण के छ भन्दा
नेपालको सबैभन्दा श्रेष्ठ अनि विश्वप्रसिद्ध श्रीकरुणामय बुंगद्यः अथवा
मच्छिन्द्रनाथको रथ जात्रामा शाक्यभिक्षु पांजुहरु द्यःपालाः (पुजारी)को दर्जामा
माथि हुन्छन्। त्यसपछि तलतिर रथलाई हःपा दिने (मार्गप्रशस्त गर्ने) सेसेबाज्या
ब्राम्हणको उपस्थिति हुन्छन्। त्यस्तै काठमाण्डौंको इन्द्रजात्राको सन्दर्भमा
संचालन हुने कुमारी जात्रामा पनि वंद्यजु शाक्यका कुलपुत्रीहरु सद्यकौमारीका रुपमा
मानी आइरहेका छन्। यही कुमारीलाई श्री ५ महाराजधिराज सरकारबाट पनि परम्परा अनुसार
त्यत्तिकै स्वागत सत्कार गरी प्रसाद तथा टीका ग्रहण गरिबक्सेको पाइन्छ। यो परम्परा
अद्यापि विद्यमान छन् भन्ने सर्वविदितै भएको विषय हो।
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-२ बाट प्रस्तुत गरिएको।
निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः तेजेश मान शाक्य
प्रकाशक
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः तेजेश मान शाक्य
प्रकाशक