उकुबाहाः कुन स्थानमा निर्माण गरियो ?
लेखक स्व. पं. हेमराज शाक्य
नेपालको नेवाः बौद्ध संस्कृति अनुसार जति पनि ठू-ठूला धर्मकर्म गरिदां खेरी त्यस समारोहमा कुनैपनि
पूजाआजा गर्नु अघि निमित्त कारणका लागि सर्वप्रथम पूजाभः (पूजाथाली) संकल्प गरिन्छ
र त्यसका लागि एउटा संकल्प वाक्य वाचन गर्ने गरिन्छ। उक्त संकल्प वाक्य हो “स्वस्ति महादान वाक्य”, जुन वाक्य वाचन गरी पूजा संकल्प गरिने परम्परा चलि आएको पाइन्छ। यस
स्वस्ति महादान वाक्यको गर्भमा यो कुरा स्पष्ट गरिएको छ कि जम्बुद्वीपको मूल
पुण्यभूमि नेपालमण्डलमा ज्योतिरुप श्रीस्वयम्भू धर्मधातु वागीश्वर स्वयम्भू
महाचैत्य प्रादुर्भाव भयो अनि पल्लवित पुष्पित भई विकसित भयो। यस विषयलाई लिई विस्तार
वर्णन गरिएको कुरा नेपालमहात्म्य वृहत स्वयम्भू पुराणमा उल्लेख गरिएको छ। यसैलाई
आधार लिई हाम्रा प्रातः स्मरणीय पूर्वाचार्यहरुद्वारा जहाँ जहिले पनि कुनै पनि
देवी-देवताहरुको सामुन्ने पूजाविधि गर्न पूजाथाली संकल्प गर्नका निम्ति नेपालको
बौद्ध इतिहास झल्किने किसिमको यस वाक्य रचना गरिएको पाइन्छ। उदाहरणका लागि यहाँ
उक्त वाक्यको केही अंश प्रस्तुत गरिएको छ।
स्वस्ति
अदय। श्रीरत्नत्रय विराजमाने
श्रीशाक्यसिंह
तथागत पर्याये भद्रकल्पे
सहानाम
लोकघातो वैवश्वतमन्वन्तरे
सत्यत्रेता
द्वापरान्ते कलियुगे प्रथमचरणे
भरतखण्डे
उत्तरपाञ्चाले हैमवत्या
वासुकीक्षत्रे
उपच्छन्दोह पीठे आर्यावर्त भूमे
कर्कोटक
नागराजालये नागवासाभिधे
विपश्वीतथागताधिष्ठित
स्कन्द पद्मकणिकायां
समुत्पन्न
श्रीज्योतिरुप स्वयम्भूस्थाने
तदुत्पन्न
गुह्येश्वरी खगाननादेव्यधिष्ठिते
श्रीमञ्जुश्रीयाधिष्ठित
भूमौ सप्ततथागता
धिष्ठिते
नेपालमण्डले श्रीसम्बर मण्डलाकारे
सदूर्जया
भूमिसमे अष्टवीतराग परिवृते
क्रकुच्छन्दवाक्योट्भूत
वाग्मती केशपाशोत्थित
केशावती
मणिचूड प्रभावत्पन्न मणिमती
वसुन्धरा
प्रभावोत्थित प्रभावति महानदी
प्रवाहिते
द्वादशतीर्थोपतीर्थ परिवृते
जातमात्रोच्च
शंखोच्च फुलोच्च ध्यानोच्च
पर्वत
प्राकारीभूते सप्तमुन्यधिष्ठिते
बज्रयोगिन्यादि
योगिनी गणसंयुक्ते
अष्टमातृका
अष्ट भैरव सिंहिनी व्याघ्रिणी
गणेशकुमार
महाकाल हारीति हनूमद्दशक्रोध
गणसंवृते
वाग्मत्या दक्षिणकोणे प्रभावत्या
उत्तरकोणे
केशवत्यां पूर्वकोणे मणिमत्या
पश्चिमकोणे
तत्र नेपालान्तर्गते श्रीललित्तपतने
श्रीमर्यादावलोकितेश्वर विजयराज्ये
श्रीमाणिगलादाग्ने
भागे............. तस्मिन्दिने
दानपति
नेपाल मण्डले ललितपुर महानगरे
श्रीशिवदेव
संस्कारित श्रीरुद्रवर्णमहाविहारीय....
यस स्वस्तिमहादान वाक्यले के भनिएको छ भन्ने
विषयमा पनि संक्षिप्त अर्थ यहाँ प्रस्तुत गरिएको छ।
आज स्वस्तिमंगल कल्याण हुने कार्य शुभारम्भ गर्न
श्रीत्रिरत्न बुद्ध धर्म संघ गणहरु विराजमान भइरहेको श्रीशाक्यसिंह तथागतको
शासनकालमा यस भद्रकल्प उदय भइरहरको समयमा सहानामलोकधातु भन्ने ठाउँमा
वैवस्वतमन्वन्तर सत्य, त्रेता तथा द्वापर पछि कलियुगको प्रथम चरणमा विशाल भारतबाट
उत्तरतिर अवस्थित संसारको सबैभन्दा उच्च हिमालयको मुनि बास गरेर बसेका वासुकी
क्षेत्रको उपछन्दोहपीठ नामले विख्यात आर्यावर्त देश जहाँ कर्कोटक नागराजको
बासस्थान भएको यस ठाउँमा विपश्वी तथागतद्वारा अधिष्ठान गरी स्कन्द पद्मकणिकाबाट स्वउत्पन्न
ज्योतिरुप प्रकाशको रश्मि भित्र पंचबुद्धात्मक श्रीस्वयम्भू उत्पत्ति भएको स्थानमा
श्रीगुह्येश्वरी खगाननादेवीद्वारा अधिष्ठान गरी त्यसमा पनि गुरु महामञ्जुश्रीले
निर्माण गरिएको पुण्यभूमि जहाँ सप्ततथागतहरुबाट पनि अधिष्ठान गरी
श्रीसम्बरमण्डलाकारमा परिणत भएको सुदूर्जभूमि नेपालमण्डलमा अष्टवीतरागले परिक्रमा
गरिरहेको क्रकुच्छन्द तथागतको बचनद्वारा उत्पत्ति भएको वागमती तीर्थ तथा क्रकुच्छन्द
तथागतद्वारा चूडाकर्म गराएका शिष्यहरुको केश मुण्डनबाट सिद्ध प्राप्त केशावति
तीर्थ अनि बोधिसत्व मणिचूड महाराजको चूडामणिको प्रभावले उत्पन्न भएको मणिमती
तीर्थका साथै वसुन्धरादेवीको अनुभावले उत्पत्ति भएको प्रभावती महानदी बगिरहेको
द्वादश तीर्थ तथा उप तीर्थलाई परिक्रमा गरिरहेको जामाचो, सिफूचो, फूलचो र धेलाचो
जस्ता प्रसिद्ध पर्वतद्वारा सुरक्षित भएको जहाँ महान् तपश्वी ऋषिहरुले योग गरेको
तथा बज्रयोगिनी, खड्गयोगिनी, विजयेश्वरी, विद्याधरीको गण सहित अष्टमातृका,
अष्टभैरव, सिंगिनी, ब्यागिनी, गणेश, कुमार, महाकाल, हारीति, हनुमान र दशक्रोध
भैरवहरुद्वारा संरक्षित वाग्मतीको दक्षिण दिशा, प्रभावतीको उत्तर दिशा, केशावतीको
पूर्व दिशा तथा मणिमतीको पश्चिम दिशा तर्फ तिनीहरुको लक्षण गुणले सम्पन्न भई
श्रीशोभा अभिबृद्धि भएको अति नै प्रसिद्ध यस नेपालमण्डल अन्तर्गत रहेको श्री
आर्यावलोकितेश्वर विराजमान भएको ललितपुर महानगरको श्रीमणिगल प्रासाद मंगःलायकुलीदेखि
पूर्व-दक्षिण भागमा सुप्रतिष्ठित लिच्छवीकुलकेतु महाराजाधिराज श्रीशिवदेवद्वारा
निर्माण गरेको ओकुलि श्री रुद्रवर्ण महारविहार हो।
अब प्रसंग राजा शिवदेवले उकुबाहाः निर्माणका लागि
यस ठाउँ किन रोजे भन्ने बारे तर्क एवं प्रमाण स्वरुप यहाँ परिचर्चा गरिएको छ।
भनिन्छ कि उकुबाहाःको एउटा पुरानो दाफाभजन
ग्रन्थमा “शिवदेववचना”
गीत छन्। यस दाफा गीतमा यस कुराको आश्रय संकेत गरिएको छ कि उकुबाहाः निर्माण हुनु भन्दा धेरै पहिले यस ठाउँमा भारतका सम्राट अशोकले आफ्नो
सम्बोधि यात्राका दौरान आफ्ना गुरु उपगुप्त भिक्षुको उपदेश अनुरुप श्री स्वयम्भू
महाचैत्य दर्शनार्थ नेपाल आगमन हुँदा किराती राजा थुङ्कोको पर्याय अत्यन्त सुन्दर अनि शान्त वातावरणमय
पवित्रभूमि यल (पाटन) मा तथागत शाक्यमुनि बुद्धको अस्थिधातु गर्भ भित्र राखी
धातुचैत्य नामको चतुर स्तूप निर्माण गराए। खःजा नगरको मध्यमा पनि एउटा अशोक स्तूप
धातुचैत्य स्थापना गरी गए भनिन्छ। यस चैत्यस्तूप निर्माणका क्रममा दूरदर्शी सम्राट
अशोकले प्राणीहरुको हित, सुख, शान्ति र सुविधाका लागि ठाउँ-ठाउँमा मार्गान्तर
यात्रुहरुलाई धयानमा राखी जलाशय पोखरी, ढुङ्गेधारा, जधुं निर्माण गराए। साथै
सूर्यको घामबाट यात्रुहरुलाई छेक्नका निम्ति बाटो बाटोमा रुखहरु पनि रोपे तथा
हुरीवतासबाट जोगाउन र बास बस्नलाई पाटी, सतल आदिको पनि व्यवस्था गरी गएको सम्राट
अशोकको इतिहासले बताउँछ।
यसै क्रममा पाटनमा स्तूप स्थापना पछि त्यस समय यस
शान्त, सुन्दर र पवित्र भूमिलाई वर्तमान उकुबाहाःमा अत्यन्त उपयुक्त स्थान मानी
अवश्य पनि यस ठाउँमा सम्राट अशोकले आफ्नो नामबाट जनहित सुख शान्तिका निम्ति
ढुङ्गेधारा, पाटी, सतल आदि स्थापना गरेर गए होला। यति मात्र होइन कि अशोकको इतिहास
अध्ययन गर्दा खेरी यो पनि स्पष्ट हुन्छ कि सम्राटले ठाउँ ठाउँमा धर्मचक्र,
अशोकचक्र, हरिञ्चक्र, अशोकस्तम्भ एवं अशोक चैत्य स्थापना गरी करुणा र शान्ति
प्रधानले भरिएको बुद्ध धर्म प्रचार प्रसार गरिएको पाइन्छ।
यही सम्राट अशोकको कीर्ति स्वरुप उकुबाहाःको
भूमिमा प्रतिस्थापना गरी गएको आशय प्रकट हुन्छ। उदाहरणका लागि “शिवदेववचना” भन्ने दाफा गीतमा यो कुरा स्पष्टताका साथ उल्लेख गरिएको छ कि यस ठाउँमा अशोसिमा (अशोक वृक्ष), अशोफले (अशोक
पाटी), अशोहिति (अशोक ढुङ्गेधारा) छन्। हुन पनि हो... यहाँका बुढापाकाहरु उकुबाहाःमा अशोसिमा, अशोफले, अशोहिति थिए भनी भन्दछन्। यसको निस्सा प्रमाण
परिवर्तनशील समयमा परिस्थितिवश ती पुरातात्विक महत्वका वस्तु ह्रास हुँदै
कालान्तरमा भूगर्भ भित्रै बिलिन भयो। तथापि हामीले यो पनि विचार गर्न सकिन्छ कि यस
विषयमा केही न केही जनश्रुति-अनुश्रुति तथा अवशेष अझै पनि छन्। जुन अशोसिमा, अशोफले,
अशोहिति थिए भन्ने कुरा “शिवदेववचना” भन्ने दाफा गीतबाट पनि प्रमाणित हुने देखिन्छ। अशोक
तःजःको मूलद्वार अगाडि अशोकचैत्यको बेदिकामा कुँदिएको धर्मचक्र तथा अशोकचक्र सहितको प्राचीन प्रस्तर कला |
स्तूप यसै ठाउँको निकटवर्ती स्थान उकुबाहाःको पछाडि लगं थूर (लगनखेल स्थित
अशोक स्तूप) अझै पनि विद्यमान छन्। त्यस्तै अशोक चैत्य यस विहारको मूलचैत्यको
रुपमा प्रतिष्ठित भइरहेको पनि पाइन्छ। फेरी अशोहिति उकुबाहाःको तःजःको मूलद्वारको
अगाडि थियो भन्ने लोकोक्ति पनि प्रसिद्ध छन्। यसै स्थानमा चैत्य स्थापना गरी
अशोहिति छोपी राखिएको छ भन्ने भनाई छ। यसै ढुङ्गेधाराको अवशेष हितिधाः दुंगुर उकुबाहाः टोलको थान गणेशको अगाडि अझै पनि देख्न
सकिन्छ। यस रुपले अशोकको प्रतिक अथवा बुद्ध धर्मको शुभ प्रतिक मृग दुईवटा दायाँ
बायाँ राखी यसको बीचमा चतुरआर्यसत्यको दिव्य प्रतिक धर्मचक्र कुँदिएको प्रस्तरकला उकुबाहाःको अशोकचैत्यको बेदिकामा सुरक्षित अवस्थामा छन्। यस प्रकारको प्राचीन
अशोकचक्र, धर्मचक्र काठमाण्डौं, पाटन अनि भक्तपुरको कुनै पनि टोल तथा बाहाःहरुमा
देखिएको छैन भन्दा अत्युक्ति हुने छैन। यो उकुबाहाःको एउटा आफ्नै विशेषता हो तथा उकुबाहाःको अत्यन्त महत्वपूर्ण, दुर्लभ अनि अमूल्य बौद्ध सम्पदाको महान अवशेष हो
भनी भन्न सकिन्छ। यस अमूल्यनिधि आजसम्म पनि उकुबाहाःको परिधिभित्र रही सम्राट अशोकको
कीर्ति स्वरुप सुरक्षित भएर बसेको पाइन्छ।
यस प्रकारका आधार अनि प्रमाणहरु विचार गर्दा उकुबाहाःको जुन स्थान हो, त्यसले निसन्देह राजा शिवदेवको परिकल्पना सार्थक भएको देखिन्छ।
यस प्रकारका आधार अनि प्रमाणहरु विचार गर्दा उकुबाहाःको जुन स्थान हो, त्यसले निसन्देह राजा शिवदेवको परिकल्पना सार्थक भएको देखिन्छ।
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-३ बाट प्रस्तुत गरिएको।
निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
प्रकाशक
© सर्वाधिकार प्रकाशकमा सुरक्षित
अनलाईन ब्लग प्रकाशन सहयोग