बौद्ध विहारका पुरातात्विक पृष्ठभूमि
लेखक स्व. पं. हेमराज शाक्य
बुद्ध महापरिनिर्वाण
हुनु भएको २०० वर्ष पछि सम्राट अशोकको तिर्थ यात्राको क्रममा नेपालका किराती राजा
थुङ्कोको पर्याय आफ्ना गुरु उपगुप्त भिक्षु, महारानी तिष्यरक्षिता तथा पुत्री
चारुमती आदि सहित नेपाल भ्रमण गरी बुद्ध धर्म प्रचार गरे। यसको ज्वलन्त साक्षीका
रुपमा पाटनको चार दिशामा अवस्थित चतुर स्तूप विद्यमान छन्। त्यस्तै ग्वलः स्थित चारुमति विहार स्थापना
गरिएको पनि त्यसको उदाहरण हुन्।
हुन त पौराणिक काल तथा अनुश्रुति कालको दृष्टिकोणबाट
मात्र पनि वर्णन गर्दा आजभोलिको वैज्ञानिक युगलाई नसुहाउँदो हुन सक्छ। तर
पुरातात्विक साधनको प्रमाण स्वरुप प्राचीन अभिलेखहरुलाई अगाडि सार्ने हो भने नेपाल
अधिराज्य भित्र भेटाइएको बुद्ध धर्म सम्बन्धि उल्लेख भएको सबैभन्दा पुरानो अभिलेख
लुम्बिनी स्थित निग्लीहवाको शिलालेखलाई लिन सकिन्छ। यस शिलालेखमा ऐतिहासिक
सप्तमानव बुद्धहरु मध्ये पाँचौ कनकमुनि बुद्धको अस्थिधातु राखी निर्माण गरेको
स्तूप जीर्णोद्धार गरिएको विषय उल्लेख भएको पाइन्छ। यो अभिलेख सम्राट अशोकको
राज्याभिषेकको चौध वर्ष पछि आफ्नो सद्धर्म यात्राका दौरान स्थापना गरेका थिए।
यसपछिको शिलालेख हो, लुम्बिनी वनमा अवस्थित बुद्ध शाक्यमुनि जन्म भएको विषयलाई लिई
“हिदबुद्ध जाते
सक्यमुनीति” भनी अभिलेख अंकित गरिएको थियो। यो शिलालेख अशोकको राज्याभिषेकको बीस
वर्ष पछि स्थापना गरिएको हो।
वर्तमान काठमाडौं उपत्यका भित्रको लिच्छविकालिन अभिलेखहरुलाई विचार गरी हेर्ने हो भने पनि गोपुच्छगिरी पर्वत अर्थात वर्तमान स्वयम्भू पर्वतमा अवस्थित शिलापत्रमा “क्षेत्रञ्चाक्षयं दतं............. विहारे” भनी उल्लेख भइरहेको राजा मानदेवका हजुरबुबा राजा शंकरदेवले बौद्ध विहारका लागि अक्षय दान स्वरुप जग्गा प्रदान गरिएको व्यहोरा अंकित छन्। यस्तै पशुपति स्थित राजा जयदेवको शिलापत्रमा पनि तपसिल बमोजिमको व्यहोरा उल्लेख गरिएको पाइन्छ-
सम्राट अशोकद्वारा प्रतिष्ठापित लुम्बिनी स्थित निग्लीहवाको शिलालेख |
निग्लीहवाको अशोक स्तम्भ |
वर्तमान काठमाडौं उपत्यका भित्रको लिच्छविकालिन अभिलेखहरुलाई विचार गरी हेर्ने हो भने पनि गोपुच्छगिरी पर्वत अर्थात वर्तमान स्वयम्भू पर्वतमा अवस्थित शिलापत्रमा “क्षेत्रञ्चाक्षयं दतं............. विहारे” भनी उल्लेख भइरहेको राजा मानदेवका हजुरबुबा राजा शंकरदेवले बौद्ध विहारका लागि अक्षय दान स्वरुप जग्गा प्रदान गरिएको व्यहोरा अंकित छन्। यस्तै पशुपति स्थित राजा जयदेवको शिलापत्रमा पनि तपसिल बमोजिमको व्यहोरा उल्लेख गरिएको पाइन्छ-
श्रीमान्
बभूवः वृषदेव इति प्रतीतो
राजोत्तमः
सुगतशासन पक्षपाती
अभूततः
शंकरदेवनामा श्रीधर्मदेवो ʃ प्युदपादि तस्मात्
श्रीमानदेवो
नृपति स्ततो ʃ भूत्ततो
महीदेव इति प्रसिद्धः
यस श्लोकको आशय यो हो कि राजाहरु मध्ये उत्तम
अनि बुद्ध शासनको धर्म मान्ने वृषदेव नामले प्रसिद्ध राजाबाट शंकरदेवको जन्म भयो
तथा राजा शंकरदेवबाट धर्मदेव उत्पन्न भयो। यही राजा धर्मदेवबाट ऐतिहासिक राजा
मानदेव प्रथमको उदय भयो र मानदेवबाट महीदेव नामको प्रसिद्ध राजाको जन्म भयो भनी
उल्लेख गरिएको छ।
लिच्छवि राजा महाराजाहरु क-कसले कल्याणदायक,
पवित्र अनि सर्वगुण सम्पन्न शान्ति तथा महाकरुणा प्रधान बुद्ध धर्म प्रति अगाढ
आस्था अनि प्रतिष्ठा राखी के-कस्तो सेवा गरे भन्ने कुरा प्रसंगवश उदारणका निम्ति
यहाँ प्रस्तुत गरिएको छ।
१)
राजा
वृषदेवद्वारा सौहावचैत्य निर्माण गराई प्रतिष्ठा गरे।
२)
राजा
शंकरदेवद्वारा बौद्ध विहारका निम्ति जग्गा प्रदान गरे।
३)
राजा
धर्मदेवद्वारा राजविहार निर्माण गराई धर्मचैत्य स्थापना गरे।
४)
राजा
मानदेवद्वारा आफ्नो नामबाट मानविहार निर्माण गराई गुँविहारमा तपस्या गरे।
५)
बौद्ध
उपासिकाद्वारा बौद्ध किन्नरी जातकको नाना चित्राङ्कित गराई शोभा बृद्धि गरे।
६)
राजा
अंशुवर्माद्वारा राजविहार निर्माण गराई आफ्ना सुपुत्री भृकुटीलाई बौद्धमूर्तिहरु
दाईजो सहित राजा श्रङ्गचेनग्याल्पोसित विवाह गराइदिए।
७)
राजा
देवलवेवद्वारा देवपाल विहार निर्माण गराए।
८)
राजा
शिवदेवद्वारा शिवदेवविहार, नन्दीशालाविहार, मणिपुर जैवविहार तथा श्री
मानिधरजीवविहार निर्माण गराए।
९)
राजा
चम्पादेवद्वारा फूटोविहार निर्माण गराई चैत्य स्थापना गरे।
१०) राजा नरेन्द्रदेवद्वारा शिवदेवविहारलाई आफ्नो राजस्वकरको केही अंशभाग नियत गरिदिएका थिए साथै आचार्य
वन्धुदत्तलाई राजकृति विहार समेत निर्माण गराई दिए।
११) राजा बालार्जुनदेवद्वारा करुणामय श्रीबुंगमलोकेश्वरका लागि आफ्नो
मुकुट चढाएका थिए।
प्रसंगवश यहाँ लिच्छविकालका शिलापत्रमा अंकित प्राचीन बौद्ध
विहारहरुको नाम पनि उल्लेख गरिएको छ।
१)
स्वयम्भू स्थित
शंकरदेवको शिलापत्रमा बौद्ध विहारको नाम उल्लेख छ।
२)
पाटन चपःटोलमा
तुरणविहारको बुद्धपादपीठ लेखमा अंशुवर्माको समयमा गन्धकुटी विहार जीर्णोद्धार
गरिएको कुरा उल्लेख छ।
३)
हाडिगाँउ स्थित
अंशुवर्माको शिलापत्रमा उल्लेखित विहारहरु-
क) साम्हें वा गुँ विहार
ख) मान विहार
ग) राज विहार
घ) खर्जुरीका विहार
ङ) मध्यमक विहार
च) सामान्य विहार
४)
पाटन
यंगुबाहाःको नरेन्द्रदेवको शिलापत्रमा उल्लेखित विहारहरु -
क) शिवदेव विहार
ख) मानदेव विहार
ग) खर्जुरीका विहार
घ) मध्यमक विहार
ङ) अभयरुची विहार
च) कल्याणगुप्त विहार
छ) चतुर्भालटसन विहार
ज) राज विहार
५)
पशुपतिको बज्रधर
स्थित नरेन्द्रदेवको शिलापत्रमा उल्लेखित विहारहरु-
क) शिवदेव विहार
ख) खर्जुरीका विहार
६)
नक्साल नारायण
चौर स्थित जयदेवको शिलापत्रमा उल्लेखित विहारहरु-
क) अजिका विहार
ख) जीववर्म विहार
७)
पाटन च्यासल
स्थित जयदेवको शिलापत्रमा उल्लेखित विहार-
क) पुष्पवाटिका विहार
८)
पाटन इबही स्थित
नरेन्द्रदेवको पालाको जधुंमा उल्लेखित विहार-
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-४ बाट प्रस्तुत गरिएको।
निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः तेजेश मान शाक्य
प्रकाशक
क) सुजातप्रभ विहार
माथि उल्लेखित सम्पूर्ण बौद्ध विहारहरु लिच्छविकालिन विहार हो भनी
निष्कर्ष निकाल्न सकिन्छ।स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-४ बाट प्रस्तुत गरिएको।
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः तेजेश मान शाक्य
प्रकाशक