राजा शिवदेवको पाँच विहार
लेखक स्व. पं. हेमराज शाक्य
राजा शिवदेवद्वारा प्रतिष्ठापित पाँच विहार मध्येको एक शिवदेव विहार, उकुबाहाः |
हाम्रो बौद्ध समाज नेवाः बौद्ध उपासक
उपासिकाहरुको परम्परा अनि अनुश्रुति एवं धारणा अनुसार प्रायःको यस्तो प्रचलन छन्
कि उबाहाः एकमात्र शिवदेव राजाद्वारा बनाइएको हो र अरु बौद्ध विहारहरु बनाएर नगएको
सम्झिरहेका छन्। आजको नेवाः बौद्ध समाजले प्राचीन अभिलेख, इतिहास, वंशावली, शिलापत्र, तालपत्र, अध्ययन अनुसन्धान गर्ने चलन नभएकोले गर्दा कसले कुन विहार बनाएर गए,
जीर्णोद्धार गरियो भन्ने विषय प्रायः अज्ञात अवस्थामा रहेको देखिन्छ। कतिले त
आफ्नो विहारको नाम समेत पनि थाहा नपाउँदै गए।
भन्न सकिन्छ कि मेरो यस अध्ययन अनुसन्धान अनुसार
उपलब्ध भएका प्राचीन अभिलेखहरुको आधार लिई विचार गर्दा खेरी राजा शिवदेवले केवल
उबाहाः मात्र हैन अरु चारवटा विहारहरु पनि बनाइ गएका थिए भन्ने अभिलेख भेट्टाइएको
छ। हेर्नुस ती विहारहरु यस प्रकार छन् –
क) शिवदेव संस्कारित शिवदेव
विहार उकुबाहाः
ख) शिवदेव संस्कारित नन्दिशाला
विहार नँसाबाहाः
ग) शिवदेव संस्कारित मणिपुरजैव
विहार
घ) शिवदेव संस्कारित मानिधरजीव
विहार
ङ) शिवदेव संस्कारित मानसिंह
विहार
उकुबाहाः राजा शिवदेवद्वारा प्रतिष्ठापन गराई
गएको हो भन्ने कुरा आजका इतिहासविद एवं पुरातत्वविदहरु सबैले मर्यादा राखी आइरहेका कुरा हुन्। यस्तै राजा शिवदेवको अन्य चार विहारहरुको नाम कहाँ कुन ठाँउमा उल्लेख छन् भन्ने
कुराको जिज्ञासा उत्पन्न हुन सक्दछ, प्रश्न आउन सक्दछ, सो प्रश्नको
समाधानका लागी मैले आफूले देखेको आधारस्रोत प्रस्तुत गर्दैछु – राजकीय पुस्तकालय घण्टाघर, वीर पुस्तकालय, वर्तमान राष्ट्रिय
अभिलेखालयमा रहेको पाँच सय वर्ष पुरानो भुजिंमो लिपिबाट तालपत्रमा लेखिएको गोपाल
राजवंशावलीमा राजा शिवदेवले नन्दिशाला विहार बनाइएको कुरा उल्लेख गरिएको छ। यस
कुराको प्रमाण वर्तमान इतिहासकार योगी नरहरिनाथ, डा. दिल्ली रमण
रेग्मी, प्रा. धनवज्र
वज्राचार्य, डा. कमल प्रकाश
मल्ल, डा. महेश राज पन्त एवं डा. जगदीश चन्द्र रेग्मीहरुद्वारा
उल्लेख गरी सकेका छन्। अरु शिवदेव संस्कारित तीनवटा विहारहरुको नाम बुद्ध सम्बत्
२५२४ वर्ष पुगेको उपलक्ष्यमा उबाहाःको बुद्ध जयन्ती समारोह समितिद्वारा प्रकाशन
भइसकेको छ। यस तालपत्र अभिलेख उकुबाहाःको मूल आँगमा सुरक्षित अवस्थमा १४० थान
तालपत्र तमसुक मध्ये बौद्ध विहारको नाम उल्लेख भएका जम्मा ३७ वटा तालपत्र तमसुक
मात्र आफैले नै सम्पादन गरी मूलपाठ मात्र प्रकाशन गरिदिएको थिएँ। अरु बाँकी रहेका
तालपत्र अध्ययनको
सन्दर्भमा पुनः इश्वी १९८५ सालमा जर्मनीका विद्वान डा. वर्णहार्ड कोल्भर र म दुई
जना मिलेर सोको अध्ययन गरी सम्पादन गरी अनुवाद सहित जर्मनीबाट अंग्रेजी भाषामा
प्रकाश भएको थियो। यस पुस्तकको नाम हो “डकुमेन्ट फ्रम
दि रुद्रवर्ण महाविहार पाटन”। यो पुस्तक
राम्रोसंग बलियो हुने गरी कभर राखी स्पेशल कागजमा प्रत्येक तालपत्रको फोटोब्लक
समेत राखी शोभाबृद्धि गरी मुद्रित भएको हो। यति राम्ररी सु-सज्जित गरी अहिलेसम्म
कुनै पनि विहारको तालपत्र तमसुक प्रकाशमा आएको छैन। यो उकुबाहाःको आफ्नै एक महत्वपूर्ण
विशेषता हो।
यस तालपत्रमा उल्लेख भएको साल मिति तथा शिवदेव
संस्कारित विहारको नाम यस प्रकार छ —
क) ने.सं. २३५ शिवदेव संस्कारित श्रीमणिपुरजैव विहार
ख) ने.सं. २३९ शिवदेव संस्कारित श्रीरुद्रवर्म विहार
ग) ने.सं. २७३ शिवदेव संस्कारित श्रीमानिधरजीव विहार
घ) ने.सं. ३०४ शिवदेव संस्कारित श्रीमानिसिंह विहार
यस रुपमा प्राचीन अभिलेखको प्रमाण अनुसार एकै
राजाद्वारा पाँचवटा विहार संस्कार गरी बनाइयो भन्ने कुरा अन्य लिच्छवि राजा, ठकुरी राजा, मल्ल राजा एवं
शाह राजाहरु कुनै पनि शासक राजा महाराजाहरुद्वारा बौद्ध विहारप्रति आस्था राखी
प्रतिष्ठा गरी गएको प्रमाण अहिलेसम्म पनि देखिएको छैन। यो राजा शिवदेवको एक आफ्नै
विशेषता हो, गौरव हो, बुद्ध धर्मप्रति अगाढ श्रद्धाभक्तिको एक ज्वलन्त उदाहरण हो भनी भन्न
सकिन्छ।
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-७ बाट प्रस्तुत गरिएको।
निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः शिशिर रत्न शाक्य
प्रकाशक
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः शिशिर रत्न शाक्य
प्रकाशक